देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तामाकोसी तेस्रो ६५० मेगावाटमा बनाउन असम्भव

देशान्तर

काठमाडौं । ६५० मेगावाट क्षमतामा बनाउँदा सम्भाव्य नहुने देखेपछि अघिल्लो प्रवद्र्धक एसएन पावरले छाडेको तामाकोसी तेस्रो जलविद्युत आयोजना सरकारको बर्तमान नीतिअनुरुप पनि त्यति नै क्षमतामा बनाउन नमिल्ने अध्ययनले देखाएको छ ।

नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनको विद्युत खरिद सम्झौता पीपीए दर कायम गर्दा तय गरेको मापदण्डले ६५० मेगावाट क्षमतामै बनाउन असम्भव देखिएको हो । नर्वेजियन कम्पनी एसएन पावरले सन २००८ मा विश्व प्रतिस्पर्धाको आधारमा सर्भेक्षण अनुमतिपत्र लाइसेन्स लिएर विजुली बजारको सुनिश्चित नभएपछि आयोजनाबाट हात झिकेको तामाकासी सोही क्षमतामा बनाउन असम्भव देखिएको जलस्रोत विज्ञहरुले गरेको अध्ययनले देखाएको छ । (कारोबार दैनिक)