देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखा प्रदेश दुई कांग्रेसमय शैलुङमा एमाले रित्तियो

देशान्तर

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका नेपाली कांग्रेसमय बनेको छ । बाम गठवन्धनसंग असन्तुष्ट बनेका एमाले कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । सधै भरी एकछत्र दोलखामा राज गरिरहेका एमालेलाई पार्टिको सस्थापक मानिने एमाले नेता लालकुमार केशीले मालेवाट उम्मेद्वारी दिएपछि एमालेलाई ठुलै धक्का लागेको छ । दिनदिनै गठवन्धन त्यागेर कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश थाले संगै दोलखा कांग्रेस वलियो हुदंै गएको छ ।

शनिवार शैलुङ गाउँपालिकामा एकसय भन्दा वढि कार्यकर्ता कांग्रेसमा प्रवेश संगै नवप्रवेशीहरुले नेपाली कांग्रेसलाई जुन कुनै अवस्थामा पनि जिताएर पठाउने उनीहरुले दावी गरेका छन् । युवाहरुको आस्थाको केन्द्रविन्दु नेपाली कांग्रेस वनेसंगै शैलुङमा एमाले रित्तिएको छ ।

दोलखा प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन ।

दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश गराएको दुई नम्बर प्रदेशका उम्मेदवार केशव चौलागाईंले जानकारी दिए।

दोलखाको सुलैङ, फस्कु, दूधपोखरी र काटाकुटी लगाएतका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । देशको आर्थिक विकासका लागि नेपाली कांग्रेस एकमात्र विकल्प भएकाले ठूलो संख्यामा कार्यकर्ता काग्रेसमा प्रवेश गरेको चौलागाईंले जानकारी दिए।

एमाले तथा माओवादीले लामो समयसम्म सरकारका बसे पनि देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन भन्दै लामाले भने, ‘देश विकास गर्ने जिम्मा नेपाली कांग्रेसको काधमा आएको छ। यसलाई सारथक बनाउन जनताले साथ दिनुपर्छ।’

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै सबै राजनीतिक दलहरु एक–अर्काका कार्यकर्ता आफूतिर तान्न लागिपरेका छन्।