देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्वपती विनोध चौधरीले एमाले त्यागे कांग्रेसको समानुपातिक सूचीमा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्वपती विनोद चौधरी समावेश गरिएका छन्। नेपाली काँग्रेसले आइतवार संसोधन सहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ।

चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेको कोटाबाट समानुपातिकमा परेको विषय अहिले व्यवसायिक घराना मात्र हैन समग्र व्यवसायिक जगतमा चर्चाको विषय भएको छ।

पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमालेका नेताहरुसँग सम्वन्धका कारण पनि एमाले पार्टीबाट सभासद भएका थिए।

पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका थिए। नेपाली काँग्रेसका संसदीय वोर्डका एक सदस्यले चौधरी समानुपातिकमा काँग्रेसबाट सिफारिस भएको पुष्टि गरे।

लोकतान्त्रिक गठवन्धनमा नेपालका घरानाहरु, व्यवसायीहरु उदयमीहरु एकत्रित भएको सन्देश पनि भएको भन्दै चौधरी काँग्रेसबाट समानुपातिकमा पर्नु ति नेताले भने।