देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तामाकोसी ३ को अनुमति रद्द गर्न माग

देशान्तर

काठमाडौं । तामाकोसी तेस्रो जलविधुत् आयोजनको सर्वेक्षण लाइसेन्स उर्जा मन्त्रालयले कानुन विपरीत तामकोसी ३ को अनुमति रद्ध गर्न माग गरेको छ ।

टीबीआई होल्डिङ कम्पनीलाई दिएकामा आपत्ति जनाउदै लगानी बोर्डले उर्जा सचिव अनुपकुमार उपाध्याय, प्रधामन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा उर्जामन्त्री कमल थापा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिवलाई पत्राचार गरी टीबीआईलाई दिएको अनुमति रद्ध गर्न माग गरिएको हो ।

पाच सय मेगावाट भन्दा बढी क्षमताको जलविद्युत् आयोजनको क्षेत्राधिकार आफ्नो रहेको जिकिर गर्दै उक्त आयोजनालाई आवश्यक लगानीको स्रोत जुटाउन अन्तराष्ट्रिय स्तरमा मार्केटिङ गरिरहेको दाबी बोर्डले गरेको छ ।