देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वाम गठबन्धन अधिनायकवादको संकेत: रामचन्द्र पौडेल

देशान्तर

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धन हुनु अधिनायकवादको संकेत भएको बताए । आज तनहुँको डुम्रे बजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले सो कुरा बताएका हुन।

“कम्युनिष्टले एकात्मक राज्य ल्याउन चाहेका छन्”– पौडेलले भने । व्यक्तिगत स्वतन्त्रता, पेशा, व्यवसाय गरेर खान नदिने लगायत सबै राज्य कब्जामा लिने जस्तो कम्युनिष्ट शासन चाहिँदैन भनेर संसारभरि फेल खाएको अवस्थामा तानाशाह वाम एकता घोषणा राष्ट्रका लागि खतरनाक भएको उनको भनाइ छ ।

पौडेलद्वारा जोशीविरुद्ध उजुरी

यसैगरी कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवार दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्दको माग गर्दै आज उजुरी दिएको छ ।

पौडेलले तनहुँ जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भई उजुरी दिएका हुन। पौडेलले जोशीको उम्मेदवारी रद्दको माग गर्दै उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाबेला आफैँविरुद्ध बागी उम्मेदवारका रुपमा उम्मेदवारी परेपछि रद्दको माग गर्दै पौडेलले उजुरी दिएको बताइएको छ । पौडेलले जोशीको उम्मेदवारी रद्द हुनुपर्ने माग सहितको निवेदन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नायब सुब्बा शिव पौडेलले बताए ।

जोशीलाई विशेष अदालतले विसं २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै चार करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।