देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बूढीगण्डकी आयोजनाको सम्झौता खारेज

देशान्तर

काठमाण्डौ ।

सरकारले बहुचर्चीत बुढी गण्डकी जलविद्युत आयोजनाको निर्माण सम्बन्धी सम्झौता खारेज गरेको छ । उक्त जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड’ (सीजीजीसी) लाई दिइएको थियो ।
आज बसेको मन्त्रिपरिषद बैठकले गेजुवासँगको सम्झौता खारेज गरेको हो । संसदीय समितिहरुको निर्देशन बमोजिम मन्त्रिपरिषदको बैठकले बुढी गण्डकी निर्माणसम्बन्धी यसअघिको सम्झौता खारेज गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए ।

थापाले अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम मन्त्रिपरिषद बैठकले खारेज गरेको जानकारी दिए ।सरकारले गत जेठमा सो जलविद्युत आयोजना निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय गरेको थियो । माओबादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठ ९ गते १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवालाइ बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको थियो ।