देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आर्थिक शिखर सम्मेलन काठमाडौंमा देखी सुरु

देशान्तर

काठमाडौं । दक्षिण एशियाली राष्ट्रको दिगो विकासको लक्ष्य प्राप्त गर्न एकीकृत आर्थिक रणनीति बनाउने उदेश्यले हुन लागेको १० औँ आर्थिक शिखर सम्मेलन आजदेखी काठमाडौंमा शुरु हुँदैछ ।

सम्मेलनको प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र साउथ एशिया वाच अन ट्र्ेड, ईकोनोमिक्स एण्ड ईन्भारोमेन्टले सयुक्त रुपमा गरेको उक्त आर्थिक सम्मेलनमा क्षेत्रीय व्यापार प्रवद्र्धनका लागि लगानीको सम्भाव्यता खोजी गर्न केन्द्रित रहने वताइएको छ ।

दुईदिन सम्म जारी रहने सम्मलनले अन्तरक्षेत्रीय लगानीको सम्भाव्यता खोजी गर्ने समावेशी विकासका कार्यक्रम ल्याउने, मौसम परिवर्तनको विषय लगायतलाइ प्राथमिकताका साथ छलफल गर्न लागेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिनुभयो ।