देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाम गठवन्धन आतंक मच्चाउदैँ, रामेछापमा ३ कांग्रेस कार्यकर्ता घाईते

देशान्तर

रामेछाप। एमाले माओवादीका कार्यकर्ताले बाटो ढुकेर काँग्रेस कार्यकर्तालाई कुटेका छन्।

निर्वाचनको सम्मुखमा नेपाल विद्यार्थी संघका नेता कृष्णदास सुनुवार, पार्टीका नेता शंकर पौडेल, कृष्ण बर्मेमाथि एमाले र माओवादीका कार्यकर्ताले बाटो ढुकेर कुटेको काँग्रेसले जनाएको छ।

लिखु गाउँपालिका १ दुरागाउँस्थित थापा डाँडा भन्ने स्थानमा नेपाली काँग्रेसको वैठक सकि घर फर्कदै गरेका बेला उनीहरु माथि बाटो कुरेर बसेका कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेका थिए।

एमाले माओवादीका युवराज सुनुवार र उद्वव भुजेलको नेतृत्वको १०-१२ जनाको समुहले उनीहरुमाथि आक्रमण गरेको हो। साझँ ७ वजेको आसपासमा उनीहरुमाथि आक्रमण भएको नेविसंघका क्षेत्रीय अध्यक्ष धिरोज खत्रीले जानकारी दिए।

घाइतेहरुको स्थानिय तामाकोशी अस्पतालमा उपचार भइरहेको उनले बताए।

सुनियोजित ढंगले केही समुहमा आएका कम्युनिष्ट गठवन्धनका भरौटाहरुले हातपात गरेको भन्दै खत्रीले भत्सर्ना गरेका छन्।

नेपाली काँग्रेसको स्थानिय पार्टी समितिले पनि घटनाको निन्दा गर्दै दोषीहरुलाइ कडा भन्दा कडा कार्वाहीको माग गरेको छ। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

निर्वाचन सभ्य र भव्य होस भन्ने जनचाहाना सम्मान राख्न नसक्नेहरु आक्रमणमा उत्रिएको रामेछाप काँग्रेसले बताएको छ।