देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसको सरकार आवश्यक : नेता खाँण

देशान्तर

काठमाण्डौ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चाँपागाउँ उपकेन्द्रद्धारा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पु¥याउने र नेकाको नेतृत्वमा नै अगामी नयाँ सरकार निर्माण हुने दावि गरेका हुन् ।

संयोजक खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको चर्चा गर्दै वामगठवन्धले देशमा अस्थिरता चाहेको आरोप लगाए। सो अवसरमा नेकामा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कपिल थापालाई संयोजक खाँणले स्वागत गरेका थिए ।