देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाघको आक्रमणबाट बर्दियामा एक जना महिला गम्भीर घाइते

देशान्तर

काठमाडौं ।      बाघको आक्रमणबाट बर्दियामा एक जना महिला गम्भीर घाइते भएकी छिन् ।बर्दिया राष्ट्रिय निकञ्ज नजिक खाता संरक्षित क्षेत्रभित्र पर्ने सामुदायिक वनमा बाघले घाँस काट्न गएका बेला आक्रमण गर्दा मधुवन नगरपालिका–३ कि ५५ वर्षीया विष्णु ढाथोकी घाइते भएको स्थानीय हरि गरुङ्गले जानकारी दिए ।

घाँस काट्न सँगै गएका साथीहरुले होहल्ला गरेपछी बाघले घाइते अवस्थामा महिलालाई छाडेको स्थानीयले बासिन्दाले बताएका छन । बाघको आक्रमणबाट घाइते महिलाको घाँटीमा र खुट्टा ठुलो घाउ लागेको छ । घाइतेलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।