देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखामा वाम गठबन्धन भित्र रुवाबासी सयौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

देशान्तर

दोलखामा एमाले र माओवादी पार्टी परित्याग गरी १५३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एमाले र माओवादी बिकास निर्माणका कार्यमाभन्दा चिल्ला कुरा गरेर जनतामाझ भ्रमको खेती गरेको आरोप लगाउदैँ उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन।

नेपाली कांग्रेस दोलखाले प्रदेश क अन्तरगतको पवर्टीमा आज आयोजना गरेको चुनावी सभामा उनीहरुलाई कांग्रेस प्रदेश क का प्रदेश सभा उम्मेदवार बर्मा लामा र नेपाली कांग्रेस दोलखाको पूर्व पार्टी सभापति ताराबहादुर कोईरालाले टिका लगाई पार्टीको सदस्यता दिएका हुन।

एमालेबाट साविकको पवटी गाविसका पूर्व अध्यक्ष तथा एमाले दोलखाका सचिवालय सदस्य दिनेशप्रसाद उप्रेती, पूर्व उपप्रधानपञ्च तिर्थप्रसाद उप्रेती सहित १५३ भन्दा बढि नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन।

एमालेको जालझेल गर्ने नीतिले विकास गर्न नसकिने ठहर गर्दै ‘कृषि, वन, पर्यटन र ढुङ्गा वालुवा गिट्टी–शिक्षा, स्वास्थ्य र यातायातले समुन्नत पवटी भन्ने ५ बर्षिय योजना सहित नेपाली कांग्रेस प्रवेश गरेको नव प्रवेशी दिनेश उप्रेतीले बताए।

चुनावी सभालाई सम्बोदन गर्दै प्रदेशसभा सदस्य दोलखा क्षेत्र नं. क का उम्मेदवार लामाले समृद्ध दोलखा निर्माणका लागि अव जिम्मा आफुहरुको काँधमा आएको बताए। दोलखाको हरेक क्षेत्रका विकासका लागि नेपाली कांग्रेस मात्र प्रतिवद्ध रहेकाले कांग्रेसलाई बिजयी गराउन मतदाताहरु माझ आग्रह गरे।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्र्दै कांग्रेसले दोलखाले आक्रमक शैलीमा प्रचार प्रसारलाई तिब्र बनाएको छ।