देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गरिँदै

देशान्तर

काठमाडौं।
निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० ओटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० ओटा राजनीतिक दललेमात्र दल दर्ता गरेको आयोगका कानुन तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराए ।

ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित मधेसवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् ।उनकाअनुसार नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रवादी र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।
आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो ।राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।