देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चरिकोटका अनाथलाई नेविसंघका नेताको सहयोग

देशान्तर

चरिकोट। नेविसंघ दोलखाका नेता राजन बस्नेतले आफुले करिब डेढ बर्षदेखि खुत्रुकेमा जम्मा गरेको पैसा निकालेर सदरमुकाम चरिकोट स्थित एक विद्यालयका ३० जना अनाथ बालबालिकालाई झोला खरिद गरि वितरण गरेका छन् ।

उनले अविभावक विहीन, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेका हुन । उनले खुत्रुके फुटाएर मात्र झोला खरिदमा रकम नपुगेको भन्दैे आफूले विभिन्न कार्यक्रममा सहभागी भएबापत पाएको भत्ता खर्च समेत खर्चेर झोला खरिद गरेको बताए ।

उनी नेविसंघमा रहेर विभिन्न संघसस्थामा आवद्ध भई समाजसेवाको काममा सक्रिय छन् । बस्नेत नेविसंघ दोलखाका सहसचिव हुन ।