देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरीय प्रहरी कार्यालयका असई तीन लाख घुससहित पक्राउ

देशान्तर

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन्। कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बालाजु बाइपासबाट पक्राउ गरेको हो।

एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए। पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेका थिए। पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो।

असइ खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरी घुस दिएका थिए।