देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा बस दुर्घटना, चारजनाको मृत्यु, १२ को अवस्था गम्भीर

देशान्तर

काठमाडौं । रुकुमबाट दाङको घोराही जाँदै गरेको ना५ख ५३१ नम्बरको एक यात्रीबहाक बस सोमबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर–६ मा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छस्थानीय सल्लेखोला भन्ने ठाउँमा भएको दुर्घटनामा अरु १२ जना गम्भीर घाइते भएका छन् ।

मृतकको परिचय खुलेको छैन । घाइतेहरुको सल्यानका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई बाँकेको कोहलपुर अस्पताल पठाउने तयारी गरिएको जनाइएको छ ।

बसमा करिब ४० जना यात्री सवार थिए । २० बढी यात्री सामान्य घाइते छन् ।  बस सडकबाट करिब १०० मिटर तल खसेको छ । स्थानीय र इलाका प्रहरी कार्यालय लुवामको प्रहरी टोली घाइतेहरुको उद्धारमा जुटेका छन् । बस दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।