देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता सडकमा: राजनीति शुद्धीकरण गर्न जुत्ता पालिस !

देशान्तर

काठमाडौँ ।  सहिद दिवसको अवसरमा ‘देशको राजनीति शुद्ध पार्ने’ भन्दै कांग्रेस नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरेका छन्। काठमाडौँको नयाँ बानेश्वरमा कांग्रेसका नेताहरुले यो अभियान चलाएका हुन्।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको आयोजनामा ‘राजनीति शुद्धीकरण अभियान’ अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। सो क्रममा कांग्रेस नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताले बटुवाको जुत्ता पालिस लगाएर टल्काएका हुन्।

प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए। भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरु जुत्ता पालिस गर्नमा व्यस्त थिए।