देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२: नेपालले भोलि नामिबियासंग खेल्ने

देशान्तर

काठमाडौं। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा भोलि आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ ।

डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण छ ।
प्रतियोगिताका लागि नेपालले युएईमा एक साता अभ्यास गरेको थियो। अभ्यासका दौरान नेपालले युएई ’ए’ सँग खेलेका ३ मध्ये २ अभ्यास खेलमा जित हात पारेको थियो।

नेपाल र नामिबियाबीच ३ वर्षबीचमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ को खेलमा नेपालले जित निकालेको थियो । ट्रस्टको युनाइटेड मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो । पहिले ब्याटिङ गरेको नामिबिया १ सय ४२ रनमा अलआउट भएको थियो। कप्तान पारस खड्काले ६४ रन जोडेपछि नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो ।

सन् २०१६ अप्रिलमा नेपाल र नामिबियाबीच डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत २ खेल भए। कीर्तिपुरस्थित टियू मैदानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो।

दोस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो ।

टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल रहेका छन् ।
वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो।