काठमाडौँ बसको ठक्करबाट पोखरामा मृत्यु भएका बोधराज ढकालको स्मृतिमा नेविसंघ चार नम्बर प्रदेशले छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने भएको छ ।ढकालले माध्यमिक शिक्षा अध्ययन गरेको भगवती मावि फापरथुम स्याङ्जामा छात्रवृत्ति कोष स्थापना गरिने भएको हो ।
छात्रवृत्ति कोषबाट भगवती माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने नेविसंघ प्रदेश नम्बर ४ का संयोजक एवम् केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीका बताउनुभयो
नेविसंघ स्याङ्जा–पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष ढकालको यही माघ २२ गते साँझ नगरबसको ठक्करबाट पोखरामा मृत्यु भएको थियो ।





प्रतिक्रिया