देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कन्स्टीच्यूशनल फोरमको अध्यक्षमा अर्याल

देशान्तर

काठमाडौं । कानून व्यवसायीहरुलाई संगठीत गर्दै कानून, न्याय तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहने उद्येश्यका साथ गठीत कन्स्टीच्यूशनल फोरम अफ नेपालको अध्यक्षमा अधिवक्ता अर्जुनकुमार अर्याल चयन भएका छन् ।

उत्पीडीत, दलित, जनजाति लगायत पिछडिएको बर्गलाई निशुल्क कानूनी सेवा उपलब्ध गराउने उद्येश्य सहित स्थापीत संस्थामा न्याय कानूनको क्षेत्रमा क्रियाशिल रही विशिष्ट योगदान पुराउनुहुने न्यायधिश, कानून व्यवसायी, पत्रकार, मानव अधिकारकर्मीहरुलाई सम्मान गर्ने, न्यायधिश, कानून व्यवसायी, न्याय सेवाका कर्मचारी आदिको क्षमता अभिबृद्धि गर्ने उद्येश्यले विभिन्न तालिम, प्रशिक्षण लगायतका कार्यक्रमहरु संचालन गर्ने बताईएकोछ् ।

कानून व्यवसायी मात्रले सदस्यता लिन सकिने उक्त फोरममा संचालकमा अधिवक्ताहरु हुम बहादुर खत्री,रविन बोहजु,दीपक बिक्रम मिश्र तथा बिन्द्रा दुमरु रहेका छन् ।