देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुढासुव्वाको उपाधिका लागि पुलिस र थ्रीस्टार प्रतिस्पर्धा गर्दै

देशान्तर

काठमाडौं २७, माघ ।     बुढासुव्वा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदै छ । धरान रंगशालामा आज हुने फाइनल खेलमा थ्रीस्टार र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।
यो सिजनमा थ्रीस्टारको दुई पटक सामना गरिसकेको पुलिस छैठौं पटक बुढासुव्वाको उपाधि उचाल्ने तयारी गरेको छ । प्रतियोगितामा उपाधि विजेता टिमले ६ लाख तथा उपविजेताले ३ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी उत्कुष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वा्िधक गोलकर्ता, उदियमान खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एउटा यमाहा मोटरसाइकल प्राप्त गर्ने छन् ।