देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केपीका अगाडि माधव र झलनाथ निरीह

देशान्तर

काठमाडौं । नेकपा एमाले पाएको चारवटै प्रदेशका मुख्यमन्त्रीमा अध्यक्ष केपी ओली पक्षले क्लिन स्विप गरेको छ । माओवादी एमाले गठबन्धनमा एमालेको भागको प्रदेश १, ३ , ४ र ५ परेका थिए । यतिबेलासम्म संसदीय दलको नेता छानिएका तीन वटा प्रदेशमा केपी ओली पक्षका नेता विजयी भएका छन् । केपी ओली पक्षले मुख्यमन्त्रीमा मात्र होइन एमालेका भागमा परेको सभामुखमा समेत एकलौटी गर्ने रणनीति बनाएको सूचना पाएपछि नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चाबन्दी थालेका छन् ।

अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री चयनदेखि सभामुख चयनसम्म गुटबन्दी गरेको र एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रीय सरकार गठनमा मन्त्रीहरूमा भाग खोज्ने तीन नेताका बीचमा मोर्चाबन्दी सुरु भएको बताइएको छ । ओली पक्षले सभामुखमा समेत आफ्ना पक्षका नेतालाई ल्याउने प्रयासस्वरूप प्रदेश नम्बर ३ को सभामुखमा ओली निकट नेता सानुकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार श्रेष्ठ सर्वसम्मत रूपमा सभामुख चयन भएका हुन् । एमालेका भागमा प्रदेश ६ र ७ मा सभामुख पाउने भएको छ ।

प्रदेश नम्बर १ र ३ को आज भएको संसदीय दलको निर्वाचनमा केपी ओली पक्षले जित हात पा¥यो । प्रदेश १ मा ओली पक्षका शेरधन राई निर्वाचित भए भने प्रदेश ३ मा ओली पक्षका डोरमणि पौडेल संसदीय दलको नेतामा निर्वाचित भए ।
यसअघि प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेका छन् । पोखरेल सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन भएका हुन् । तर राई र पौडेल भने चुनावमा माध्यमबाट संसदीय दलका नेतामा छानिएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा डोरमणि पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

त्यसैगरी प्रदेश १ को संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पूर्वमन्त्री राईले २६ र प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका आचार्यले २४ मत हासिल गरे । वाम गठबन्धनको सहमतिअनुसार राई सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५१ सदस्य छन् । एक मत भने बदर भएको छ । अब मुख्यमन्त्री पाउने तर संसदीय दलको नेता चयन हुन बाँकी रहेको प्रदेश ४ मा दुवैजना दाबेदार ओली पक्षका हुन् । प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ आकांक्षी देखिएका छन् । दुवै गुरुङ ओली निकट हुन् । तर किरण गुरुङ चाहिँ ओली गुटका भए पनि वामदेव गौतम निकट देखिन्छन् ।