देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुकुरी प्रहार गरी श्रीमतीकाे हत्या

देशान्तर

मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पथरी शनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।