देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीय सेनाध्यक्ष रावत नेपाल आउदै

देशान्तर

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी विपिन रावत तीन दिने नेपालको भ्रमणमा सोमबार नेपाल आउन लागेका छन्।

नेपाली सेना स्थापनाको २ सय ५० पुगेको अवसरमा फागुन १ गते आयोजना गरिने सेना दिवस २०७४  को कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन रावत नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाले आयोजना गर्ने विशेष कार्यक्रमहरुमा विशेष अतिथिको रुपमा निमन्त्रणा गर्ने र भारतीय सेनाको मानार्थ सेनापति सम्मान दिइने चलन छ।

त्यस्तै भारतीय सेनाका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलनअनुसार रावतलाई २०७३ साल चैत्र १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्।