देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमिताभ बच्चन जागिर खोज्दै

देशान्तर

एजेन्सी      अमिताभ बच्चन जन्म मिति ११ अक्टोबर १९४२,
इलाहाबाद उमेर ७६ वर्ष ४९ वर्षदेखि चलचित्रमा काम गरेको अनुभव,
झण्डै २०० चलचित्र भाषा ,हिन्दी, अंग्रेजी, पञ्जाबी, बंगाली
उचाइ ६ फिट २ इन्च ‘यो उचाईले कुनै अप्ठ्यारो होला र !!!

अभिनेता अमिताभ बच्चनले आफ्नो यो रिज्युम (बायोडाटा) ट्विटर र इन्स्ट्राग्राममा पोस्ट गरे, त्यसको शीर्षक ‘जब एप्लिकेशन।’ अमिताभले यो पोस्टसँगै एक अंग्रेजी पत्रिकामा छापिएको समाचारको कटिङ पनि पोस्ट गरेका छन्। जसमा लेखिएको छ, अभिनेत्री दीपिका पादुकोण र कटरिना कैफको उचाई अभिनेता शाहिद कपुर र आमिर खानको भन्दा धेरै भएकाले उनीहरुलाई एकसाथ काम गराउन निर्देशकलाई अप्ठ्यारो भइरहेको छ।

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै चलचित्र पद्मावतको सुटिङ्गको क्रममा निर्देशक संजय लीला भंसालीलाई यस्तो चुनौती आएको थियो कि? अभिनेता शाहिदलाई अभिनेत्री दीपिकाभन्दा अग्लो कसरी देखाउने भन्ने। यस्तै चुनौती ठग्स अफ हिन्दुस्तानको सुटिङ्गको क्रममा पनि आएको छ। जसमा आमिर खानभन्दा कटरिना केफ अग्ली छन्।
यो चलचित्रमा अमिताभ बच्चन पनि रहेका छन्। अमिताभले यही समाचारको मजाक उडाउँदै यस्तो पोस्ट गरेका हुन्। उनले जब एप्लिकेशन वाला पोस्टको अन्तिममा उचाइले कहिले समस्या नहुने उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा अमिताभको पोस्टलाई धेरैले मन पराएका छन्।