देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

देशान्तर

 

काठमाडौं :    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री गोयिज होउ नेतृत्वको प्रधतिनिधि मण्डल र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेट वार्ता भएको छ। आज सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा चीनियाँ टोलिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेससँग घनिष्ट सम्बन्ध विस्तार गर्ने चाहना व्यक्त गरेको प्रराष्ट्रविद् दिनेश भट्टराईले बताउनुभयो ।
चीन उपमन्त्री होउले बिपी कोइरालाको पालादेखि नै कांग्रेससँगको सम्बन्ध सुदृढ रहँदै आएको बताउँदै थप बलियो बनाउने पर्ने बताएका थिए। चिनीयाँ उपमन्त्री होउले देउवालाई चीन भ्रमणको निम्तो समेत दिएका छन्। भेटमा देउवाले नेपाल–चीन सम्बन्धका विविध आयाम रहेको बताउदै थप सशक्त बनाउनु पर्ने बताए।