देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेस अब अदालत जान्छ:बिश्वकर्मा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिन विश्वकर्माले नया“ सरकारले देउवा प्रधानमन्त्रीकालमा गरेका सिफारिस उल्टाएपछि कानुनी उपचारका लागि का“ग्रेस अदालत जाने वताएका छन ।

सरकारको निर्णय असंवैधानिक र अराजनीतिक भएको विश्वकर्माको भनाईछ । संवैधानिक रुपमा सरकारलाई अप्ठ्यारो परेको वेलामा निर्णय उल्टन सक्ने वता“उदै विश्वकर्माले अहिले सरकारलाई कुन कारणले निर्णय उल्टाउन पर्यो यसको कारण दिनुपर्ने बताए ।

देशान्तर संगको कुराकानीमा बिश्वकर्माले देउवा सरकारले तोकेका प्रदेश प्रमुख तथा प्रदेश मुकामहरु वर्तमान सरकारले स्विकार्ने तर राष्ट्रिय सभालाई पूर्णता दिन गत सरकारले सिफारिस गर्नैपर्ने प्रावधानलाई उल्टाउँदै जाने हो भने निर्वाचन पनि उल्टाउनुपर्छ भन्ने बिषयमा कांग्रेस अदालतजाने उनले बताए ।

पूर्व वाणिज्य मन्त्री समेत रहेका विश्वकर्माले रिट दायरका विषयमा कांग्रेसमा आन्तरिक छलफल सुरुभएको बताए । कांग्रेसले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गर्न अहिले पत्रकार संम्मेलनको आयोजना समेत गरिरहेको छ ।