देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङमा कपडा पेल्ने मेसिन पड्किएर २ जनाको मृत्यु

देशान्तर

 

धादिङ ।  धादिङकोे बेनीघाट रोराङ गाँउपालिका–३ आनीगाउँमा कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
ग१त ११४४ नम्बरको ट्याक्टरमा मेशिन जडान गरि पुरानो कपडा पेलेर कपास बनाउने क्रममा उक्त घटना भएको हो ।मेशिन पड्किदा गम्भिर घाईते भएका अन्सारीद्वयलाई उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी जनाएको छ ।