देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यातायात कार्यालयका नासु भुषाल ३२ हजार घुससहित पक्राउ

देशान्तर

काठमाडौं । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।
उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।