देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैशाख १ देखि हरियो स्टिकर बिनाका सवारी गुड्न नपाउने

देशान्तर

काठमाडौँ । सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताएका हुन्।

‘वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छौँ। प्रदूषणमा फेल भए सवारी धनी र स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्छौं’, उनले भने।

मन्त्री पण्डितले उपत्यकामा प्रदूषण गर्ने सम्बन्धित निकायसँग छलफल गरिसकिएको बताउँदै आगामी एक वर्षभित्र काठमाडौँमा मास्क नलगाई हिँड्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको जानकारी दिए।

धुवाँ तथा धुलोलगायतलाई निश्चित मापदण्डमा ल्याउन सकिए प्रदूषणमा कमी ल्याउन सकिने उनको भनाइ छ। उनले काठमाडौँमा मानव शरीरले भोग्न सक्नेभन्दा आठ गुणा बढी प्रदूषण रहेकाले प्रदूषण हटाउन सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए।