देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसबाट राष्ट्रपतिमा लक्ष्मी राईको उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं, नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले केहीबेरअघि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गराएकी हुन ।
राईको प्रस्तावकमा चित्रलेखा यादव, मानवहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाई, सूजता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी र राधा घले रहेका छन् ।

वाम गठबन्धनबाट विद्यादेवी भण्डारीलाई अघि सारेपछि कांग्रेसले राईलाई राष्ट्रपति उम्मेदवारमा उठाएको हो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।