काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालले राष्ट्रियसभा सदस्य मनोनयन लगायतका बिषयहरुमा राष्ट्रपति विधादेवी भण्डारीले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाएका छन ।
बुधबार मध्याह्न महामन्त्री कोइराला सहितका नेताहरुको उपस्थितिमा पूर्वसांसद लक्ष्मी राईलाई राष्ट्रपतिको लागि उम्मेवार दर्ज गराउने क्रममा पत्रकारहरु सँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनले भण्डारी बाहेक अरु कसैलाई राष्ट्रिपतिको लागि उम्मेदवार बनाएको भए नेपाली कांग्रेसले उम्मेदवारी दर्ज गर्न आउने थिएन् ।
राष्ट्रपतिय चुनावमा हारिन्छ भन्ने निश्चित हुदा हुदैँ पनि बिहीबार अर्थात आज केन्द्रिय समितीको बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेवार बनाउने निर्णय गरेको महामन्त्री कोइरालले बताए ।





प्रतिक्रिया