देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको संविधान महिला अधिकारका लागि विश्वभर नै प्रेरणादायी छ ः प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान महिला अधिकारकालागि विश्वभर नै प्रेरणादायी भएको जिकिर गरेका छन । १०८ औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना सन्देश दिँदै सामाजिक पछौठेपन,अन्धविश्वास,कुरीति र त्यसबाट महिलाहरुले भोग्नुपरेका समस्या अन्त्यका लागि सरकारले प्रयास जारी राख्ने ओलीले बताएको हुन ।

’यस्ता कुराहरुको अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवं व्यवहारिक रूपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भनेका छन्। सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।

महिला हक अधिकार प्राप्तिका लागि संविधान, विभिन्न अन्तर्रा्ष्ट्रिय महासन्धिमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ति सन्धी सम्झौताको पालनमा सरकार गम्भीर रहेको सन्देशमा उल्लेख गरिएको छ । नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वा्चित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।