देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीको आन्तरिक संरचनामा महिला सहभागिता बृद्धि हुन्छ : सभापति देउवा

देशान्तर

काठमाडौँ । नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताएका छन् ।

नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । उनले भने–‘संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ, महिला सशक्तीकरण गर्न आर्थिक, सामाजिक पक्षमा ध्यान दिनुपर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाका महिला सांसदहरु धना खतिवडा, तारादेवी भट्ट, अनिता देवकोटा, मुक्ता कुमारी यादव र सरिता प्रसाई एवं प्रदेशसभाका महिला सांसदलाई सम्मानसमेत गरिएको थियो ।