देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३ महिलालाई भारत लैजादै गरेका २ महिला प्रहरीको नियन्त्रमा

देशान्तर

 झापा :   भद्रपुर नाकाबाट हुदैँ तीन महिलालाई भारत लैजादै गरेका दुई महिलालाई प्रहरीले नियन्णमा लिएको छ । भद्रपुरबाट गलगलिया नाकाबाट भारत तर्फ लैजान लागेका भद्रपुर नगपालिका १० का ४५ वर्षीय लीला भट्टराई र बुद्धशान्ति गाउँपालिका–३ का ४५ वर्षीय मिङ्मा शेर्पा पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन ।
पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंन्धान अघि बढाएको र उद्धार गरिएका महिला परिवारलाई जिम्मा लगाइसकेको उनले बताए।
यसैगरि भारतको दिल्लीबाट कुवेत जान लागेका दुई नेपाली महिलाको भारतीय एसएसबीले उद्धार गरेको छ। ती दुई महिलालाई ४१ बटालियन एसएसबी कम्पनीको टोलीले भारतको पानीट्यांकीबाट उद्धार गरेको हो। उद्धार गरिएका दुई महिलालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई जिम्मा लगाएको एसएसबीले जनाएको छ।