देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त

देशान्तर

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत श्री प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।

बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ म नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका थिए भने भने करिब १९ वर्ष नबिल बैकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त हुन गएको हुँदा श्री पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको हो । यद्यपि श्री पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेता पनि उनको कार्यकाल २०७५ जेष्ठ १ गते देखि लागु हुने छ भने सो समयसम्म श्री ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका छन् ।