देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा उपाध्यक्षमा राना र दाहालको उम्मेदवारी

देशान्तर

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबाट उम्मेदवारी परेको छ।

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विन्दादेवी आले राना र वाम गठबन्धनले शशिकला दाहाललाई उम्मेदवार बनाएको हो। आले रानाको प्रस्तावक कांग्रेसका बद्री पाण्डे छन् भने समर्थक सरिता प्रसाई छिन्। त्यस्तै दाहालको प्रस्तावकमा माओवादीका दीनानाथ शर्मा र समर्थकमा एमालेकी दिलकुमारी थापा छिन्।

एमाले र माओवादीबीच भएको भागवण्डा अनुसार राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन् भने उपाध्यक्षका लागि माओवादीकी शशिकला दाहाललाई अघि सारिएको हो।

माओवादीले उम्मेदवारी दिएको पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने नीति लिएको कांग्रेस राष्ट्रियसभा उपाध्यक्षमा भने उम्मेदवार अघि सारेको छ। संसद सचिवालयका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली आजै प्रकाशन हुनेछ।

आइतबार १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा उम्मेदवारीलाई निर्णायर्थ प्रस्तुत गरिनेछ।