देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजामति कर्मचारी युनियनको महाधिवेशन सुरु, प्रदेश नम्बर पाँचको संयोजकमा युवराज न्यौपानेको उम्मेदवारी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघको सातौ महाधिवेशनको चहलपहल सुरु भएको छ। निजामति क्षेत्रको दोस्रो ठूलो संगठनको रुपमा रहेको युनियनको सातौ महाधिवेशन आगामी आजदेखि सम्म चिवतनको टाडीमा सम्पन्न हुदैछ।

पर्सीसम्म चल्ने सो महाधिवेशनको काग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन्। महाधिवेशन नजिकिदै गर्दा आगामी कार्यकालको नेतृत्व आफ्नो पक्षमा पार्न युनियनका वर्तमान पदाधिकारीहरु दौडधुपमा लागेका छन्। युनियन एकीकृत हुनुअघिसम्म संघको महासचिव रहेका शरद कुमार अधिकारी, युनियनका अर्का नेता गोपाल पोख्रेल, राजेन्द्र बुढाथोकी, जीतबहादुर मडै लगायत अध्यक्षको दौडमा छन्।
यसैबीच निजामति कर्मचारी युनियन प्रदेश नम्बर पाँचको संयोजकमा युवराज न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । निजामति कर्मचारी युनियन दाङको संस्थापक अध्यक्ष रहेका न्यौपानेले दुई कार्यकाल दाङ अध्यक्षका रुपमा कार्यरत थिए । त्यसैगरि दुईवटा महाधिवेशनमा अन्य उम्मेदवारलाई सहयोग गरेका न्यौपाने अहिले पुष्पलाल लोकमार्ग घोराहीमा कार्यरत छन् । निजामति कर्मचारीका बीचमा लोकप्रिय न्यौपाने ट्रेड युनियन आन्दोलनमा इमान्दार र निष्ठावान कर्मचारी मानिन्छन् ।

अहिलेको परिस्थितीमा संघलाई अझ बढी मजवुत र एकतावद्ध गराएर लैजाने, युनियनमा सामूहिक भावना विकास गराई आन्तरिक लोकतन्त्र मजवुत बनाउदै अगाडि बढ्ने, सबै स्थानीय तह र सातै प्रदेशमा युनियनको शाखा विस्तार गर्ने, हरेक इकाइमा सहकारी स्थापना गर्ने, युनियनमा संस्थागत पद्धतिको विकास गराउने, संघमा आवद्ध महिला,युवा, जनजाती, आदिवासी, दलित तथा पीछडिएको क्षेत्रलाई सशक्त रुपले प्रवाहीकरण गर्ने आफ्नो चुनावी एजेन्डा रहेको न्यौपानेले बताए ।