देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सनराइज बैंकको धरान शाखाबाट गएराति १० लाख रुपैयाँ चोरी

देशान्तर

काठमाडौं :  सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा गएराति चोरी भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको बैंकको काउन्टरबाट १० लाख चोरिएको बैंकका सहायक मेनेजर दिनेश अधिकारीले जानकारी दिए ।बिहानमात्र चोरी भएको थाहा पाएपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।चोरीका बिषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै कारोबार यसै बैंकबाट हुँदै आएको थियो ।