देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय भेला नुवाकोटमा

देशान्तर

नेपाली कांग्रेस पार्टी शुद्धीकरणका लागि गुबन्दी अन्त्य गर्न नेतृत्वलाई सचेत गराउने उदेश्यकासाथ कांग्रेस जिल्ला कार्यसमितिको कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला आजदेखि नुवाकोटमा सुरु हुँदैछ ।

कांग्रेसले पार्टीको कोष व्यवस्थित र पारदर्शी बनाउने अभियानका रुपमा यस्तो भेला गर्दै आएकोमा यस पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हारेपछिको पहिलो राष्ट्रिस्तरको भेला भएकाले राजनीतिक मुद्धालाई प्राथमिकतामा राखिएको कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।

यसपटकको सम्मेलन निर्वाचनको समीक्षामै केन्द्रित हुने बताउँदै उहाँले पार्टीले कुन–कुन कारण निर्वाचन हार्न पुग्यो त्यसको समीक्षा गर्दै नेतृत्वलाई घोषणापत्र मार्फत सुझाव दिने तयारी गरेको बताउनुभयो ।

भेलाको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोट तर्फ जाँदै हुनुहुन्छ । भेलाको उद्घाटन सत्रलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौला लगाएतका केन्द्रीय नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । यसैविच प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसको पाँचौँ केन्दीय समितिको बैठक पनि सुक्रबारको आव्हान गरेको छ । बैठक पार्ती केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सु्रु हुने प्रवक्त बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।