देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाले बिमा बापत १० करोड पाउने

देशान्तर

यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर पाँचदेखि १० करोड रुपैयाँ सम्म बिमा पाउने भएका छन् । दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारीले बताउँनुभयो ।

अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ ।  पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्ता अधिकारीले बताउनुभयो ।