देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरिया जानेहरुको लागि आवेदन खुल्यो

देशान्तर

सन २०१९ मा रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट गर्नका लागि लिइने नवौं परीक्षाको आवेदन फाराम संकलन कार्य आजबाट सुरु भएको छ ।

ईपीएस कोरिया शाखाले वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोटका लागि आजबाट परीक्षामा सहभागी हुनेहरुले आवेदन फाराम अनलाइनमार्फत संकलन गर्न लागेको हो । सो परीक्षामा सहभागी हुनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फाराम अनलाइनबाटै भर्न सक्नेछन् । यो भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने उमेर हदबन्धी तोकिएको छ ।

परीक्षामा सहभागी हुन चाहनेहरुले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् । जसका कारण फाराम भर्न घन्टौँ लाईन बस्नु पर्दैन ।

यसपटक कुन ७ हजार १ सय जना प्रशिक्षार्थी कामदार उत्तीर्ण गर्ने योजना रहेको ईपीएस शाखाले जनाएको छ । जसमा ४ हजार ८ सय जना उत्पादन क्षेत्रमा र कृषि क्षेत्रमा र २ हजार ३ सय जनाको कोटा निर्धारण गरिएको छ । सन २००७ मा नेपालसँग श्रम सम्झौता गरेको कोरियाले सन २००८ देखि नेपाली कामदार लिन सुरु गरेको हो ।