देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीलाई ३ लाख २४ हजार घुस दिन खोज्ने युवती पक्राउ

देशान्तर

काठमाडौं । पाकेटमारको आरोपमा पक्राउ परेका पतिलाई छुटाउन ३ लाख रुपैयाँ घुस दिएर प्रहरीलाई नै फसाउन खोज्ने युवती पक्राउ परेकी छन् ।कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गरेको आरोपमा हिजो धुलिखेलका २४ वर्षीय विवेक लामालाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।उनलाई महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरीले साँझ ७ बजे सिनामंगलबाट रंगेहात पक्राउ गरेको थियो ।
उनकी पत्नी २३ वर्षीया शर्मिला तामाङले पतिलाई छुटाउन ३ लाख २४ हजार रुपैयाँ दिने भनी प्रहरीलाई नै फसाउन खोजेपछि उनलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी प्ररिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन । शर्मिलालाई भने प्रहरीले पशुपतिको वनकाली क्षेत्रबाट राति पौने १२ बजे पक्राउ गरेको हो ।