देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस बैठक दोस्रो दिन पनि सुरु

देशान्तर

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न बोलाएको केन्द्रीय कार्य समिति बैठक शनिबार दोस्रो दिन पनि सुरु भएको छ। शुक्रबार सवा बाह्रमा सुरु भएको बैठक तीन जना वक्ताले बोलेर सकिएको थियो।

पहिलो दिन पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्का नेता नारायण खड्काले बोलेका थिए। तीन नेताले सभापति शेरबहादुर देउवाको तीव्र आलोचना गरेका थिए।

निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो।

निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ।