देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेश आज पेस हुँदै

देशान्तर

काठमाडौँ — सरकारले अघिल्लो सरकारको सिफारिसमा जारी तीन अध्यादेश संसद्मा पेस गर्ने प्रक्रिया अघि बढाएको छ । कानुन मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश शुक्रबारै संसद्मा दर्ता गराइसकेको छ ।

गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सोमबार संसद्मा दर्ता गर्दै छन् । सोमबार संसद्को बैठक बस्दै छ ।

सम्बन्धित मन्त्रालयका मन्त्रीले बैठकमा अध्यादेश पेस गरेपछि संसद्मा त्यसमाथि छलफल हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश सोमबारको सम्भावित कार्यसूचीमा पर्न सक्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वत: निष्क्रिय हुन्छ ।