देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस बैठक आजपनि बस्दै

देशान्तर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा संघीय संरचनाअनुसार पार्टीको संरचनालाई अघि बढाउन तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्न सुझाव दिइएको छ । बैठकमा अधिकाश केन्द्रीय सदस्यले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेका नेपाली कांग्रेस अरुका कारण नभई आफ्नै कमी कमजोरीका कारण अहिले कमजोर जस्तो देखिन पुगेको धारणा राख्नुभएको थियो ।