देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अवैध मोबाइल फोन बन्द गराउँछुः सञ्चार राज्यमन्त्री

देशान्तर

काभ्रे । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् ।

नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनल अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए । राज्यमन्त्री बास्कोटाले भने, ‘मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको छ ।’

वाषिर्क २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको तथ्यांक छ । तर, झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको मानिएको छ । विदेशमा भएका आफन्तले पठाउने र लिएर आउने फोनको रेकर्ड पनि सरकारसँग छैन ।

‘अनाधिकृत रुपमा हुने प्रयोग रोकेर ५ अर्ब देशलाई फाइदा पुर्‍याउने हाम्रो लक्ष्य हो’ राज्यमन्त्री बोस्कोटाले भनेका छन् ।