देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा धर्ना दिने कृष्ण पहाडीसहित ३२ अधिकारकर्मी पक्राउ

देशान्तर

काठमाडौं । बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३४ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।