देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खड्काको पार्थिव शरीर १ बजेदेखि केन्द्रिय कार्यालयमा राखिने

देशान्तर

कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । खड्काको पार्थिब शरीर दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि बिहान ९ देखि दिउँसो १ बजेसम्म खड्काको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा राख्ने भनिएको थियो । आफन्त हितैषीहरु भने बिहानै खड्का निवासमा खड्कालाई श्रद्धाञ्जली दिन पुगेका छन् । त्यहाँ भीड नै लागेको छ । उहाँका छोरा अनुराग बेलायतबाट आउँदै गर्दा भारतबाट फ्लाइट छुटेपछि आउन ढिलाई हुँदा यहाँ पनि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा फेरबदल भएको हो ।

खड्काको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ । यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेता खड्काको निधनका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।