देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले ल्याएको श्वेतपत्र ‘अतिरन्जित’: मिनेन्द्र रिजाल

देशान्तर

काठमाडौं । संसदको विशेष समयमा सांसदहरुले सरकारले हालै जारी गरेको स्वेतपत्र अतिरञ्जित भएको बताएका छन्। सांसदहरुले सनातन धर्म संस्कृती मान्ने नेपालीहरुले मान्दै आएको चाड पर्वमा दिइदै आएको विदा कटौतीको पनि विरोध गरेका छन्।

नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारी ढुकुटी रित्तो छ भन्नु अतिरञ्जित भएको बताए । अर्थमन्त्रीले हालै संसद्मा पेश गरेको श्वेतपत्रको विश्वासनीयतामा आधारित नभएको उल्लेख गर्दै रिजालले विकास र संमृद्धिको यात्रामा अगाडि बढ्ने बाटोका लागि श्वेतपत्र नबनेको जिकीर बनेको बताए ।

अहिलेसम्म आइपुगेको स्थितिबारे समिक्षा हुनुपर्ने उल्लेख गर्दै डा रिजालले वर्तमान अर्थतन्त्रको अवस्था अर्थमन्त्रीले भने जस्तै त्रासदिपूर्ण नभएको बताए । बच्चाको शरिरमा मयल छ भन्दैमा फोहोरको डिब्बासँगै बच्चा फाल्ने प्रयत्न अर्थमन्त्रीले गरेको रिजालले बताए ।

रेमिट्यान्सको लगानी अहिले पनि चुनौतीपूर्ण रहेको, निजीकरणबारे बहस र छलफल आवश्यक रहेको, जिम्मेवारीबाट पन्छिने तथा आरोप प्रत्यारोपमा नलाग्न रिजालले अनुरोध गरे । काँग्रेस नेता समेत रहेका रिजालले मैले मात्र गर्न सक्छु भन्ने राजनीतिक पार्टीका व्यक्तित्वमा देखिएको घमण्डबाट जोगिन आग्रह गरे ।