काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको भन्दै यो सरकारले विकासका कामलाई गतिदिन नसक्ने बताएका छन ।
विहिवार दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाउदै जनतामा गरेका बाचा नर्बिसन आग्रह पनि गरेका छन ।
उहाले सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी केन्द्रीत भएको बताए । पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण केबल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक अन्य बिषयमा उपलब्धी हिन हुने दावी गर्दै पुराना सम्झौतामा सजग रहन सुझाव पनि दिएका छन ।
उनले भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीको ध्यान केन्द्रित गराएका छन ।
पौडेलले काँग्रेस रचनात्मक प्रतिपक्ष भएकाले यसको उपयोग गर्दा ध्इानदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन । नेता पौडेलले १४औँ महाधिवेशनपछि काँग्रेस फेरि जुझारु र सक्रिय हुने दाबी गर्दै इतिहासले पनि कांग्रेसलाई सच्चिन मौका दिएको र यसलाई सबै नेता कार्यकर्ताले सहिढंगले उपयोग गर्नुपर्ने बताए ।
उनले आगामी महाधिवेशन पछि कांग्रेस नेतृत्वमा परिवर्तन आउने र नयाँ नेतृत्वले काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउने दावी समेत गरेका छन ।
पौडेलले अहिले स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्ने र ठोस निर्णय लिए र जनतामा जाने बताएका छन ।





प्रतिक्रिया